(JAPAN) 21 st March | 2019 | Thursday | 3:32:01 PM
(Nepal) 21 st March | 2019 | Thursday | 12:17:01 PM
 

धादिङ्ग समाज जापानले गर्ने नयाँ बर्ष मेलामा पशुपति शर्मा, जेरी, बविता र दिनेश काफ्ले जापान आउने

  POSTED ON : Sunday, 03 March, 2019 | Views : 73

धादिङ्ग समाज जापानले गर्ने नयाँ बर्ष मेलामा पशुपति शर्मा, जेरी, बविता र दिनेश काफ्ले जापान आउने


टोकियो ।

धादिङ्ग समाज जापानले नेपाली नयाँवर्षको अवसर पारेर जापानमा न्यु ईयर म्युजिकल मेला गर्ने भएको छ ।

समाजले सडक सुरक्षा सचेतना तथा आपतकालिन राहतकोष निर्माणको लागि भन्दै मेला आयोजना गर्ने भएको हो ।

आईतबार राजधानी टोकियोमा बसेको समाजको कार्यसमिती बैठकले आगामी अप्रिल २१ तारिखमा कार्यक्रम गर्ने तय गरेको छ । कार्यक्रम टोकियोस्थित नाकानो जेरो हलमा गर्ने भएको अध्यक्ष कृष्ण प्रसाद खनालले जनाएका छन् ।

नेपाली नयाँ बर्षको अवसरमा धादिङ्ग जिल्ला घर भएर जापानमा रहेका सबै धादिङ्गवासी सहित सबै नेपालीबिच शुभकामना आदान प्रदान तथा भेटघाट र मनोरञ्जनको लागि कार्यक्रम गर्न लागिएको समाजले जनाएको छ ।

देशकै मुख्य राजमार्ग नारायणगढ मुग्लिन धादिङ्ग जिल्ला भएर राजधानी जोडिने र सो क्षेत्रमा सडक दुर्घटना अत्यधिक भईरहेकाले ‘सडक सुरक्षा सचेतना तथा आपतकालिन राहत कोष निर्मार्णाथ कार्यक्रम गरिने भएको हो ।

कार्यक्रममा नेपालबाट चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्मा, बबिता बानियाँ ९ जेरी० गायक सुरज थापा, गायिका पूर्णिमा लामा तथा हाँस्यकलाकार दिनेश काफ्ले आउने बताईएको छ ।