(JAPAN) 21 st March | 2019 | Thursday | 3:01:21 PM
(Nepal) 21 st March | 2019 | Thursday | 11:46:21 AM
 

स्याङ्जा समाज नागोयामा हिरा गुरुङको नेतृत्वमा १५ सदस्यिय नेतृत्व चयन

  POSTED ON : Monday, 25 February, 2019 | Views : 55

स्याङ्जा समाज नागोयामा हिरा गुरुङको नेतृत्वमा १५ सदस्यिय नेतृत्व चयन


नागोया-जापान ।

स्याङ्ग्जा समाज जापान क्षेत्रीय समिती नागोयाको दोस्रो अधिवेशनले अध्यक्षमा पुन हिरा गुरुङलाई चयन गरेको छ ।

दोस्रो अधिबेशनले हिरा बहादुर गुरुङ्को अध्यक्षतामा १५ सदस्यिय कमिटी गठन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा निशान राना, उपाध्यक्षमा मित्रलाल सिग्देल महिला उपाध्यक्षमा अनिता न्यौपाने, महासचिवमा अर्जुन प्रसाद खनाल, कोषाध्यक्षमा सन्तोषी गुरूङ, सचिवमा सन्तोष भट्टराई, प्रवक्तामा किरण गुरुङ र सहकोषाध्यक्षमा अनिता सुबेदी खनाललाई चयन गरेको छ ।

सभापति हिरा गुरुङ र केन्द्रका अध्यक्ष सागरमणी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले सदस्यहरुमा सन्तोष गुरुङ, भुपती न्यौपाने, सगुन श्रेष्ठ, राजु ढकाल र राधिका पाण्डेलाई चयन गरेको छ ।

संस्थाको संरक्षकमा चिरन्जीवी सिग्देलका साथै सल्लाहकारहरुमा साईमन बिश्वकर्मा, गोपाल प्रसाद सिग्देल, विकाश राना, जिवन गुरुङ र रश्मी सिग्देललाई चयन गरेको छ ।

भव्य रुपमा सम्पन्न अधिवेशनमा स्वागत मन्तब्य सल्लाहकार चिरन्जिबी सिग्देलले राखेका थिए भने वार्षिक प्रतिबेदन सचिब साईमन बिश्वकर्मा र आर्थिक प्रतिबेदन कोषाध्यक्ष सन्तोषी गुरूङले प्रस्तुत गरेका थिए ।

अधिवेशनमा स्याङ्जा समाजका आईसीसी उपाध्यक्ष जिवन न्यौपाने र स्याङ्ग्जा समाज जापानका अध्यक्ष सागरमणी भण्डारीले मन्तव्य राख्नुभएको थियो ।

नबनिर्बाचित कार्यसमितिलाई केन्द्रका वरिष्ठ सल्लाकार भिम न्यौपानेले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा अध्यक्ष सागरमणी भण्डारी, आईसीसी उपाध्यक्ष जिवन न्यौपाने, वरिष्ठ सल्लाकार भिम न्यौपाने, उपाध्यक्ष ध्रुव ज्ञवाली, सचिब बेद कार्की र कार्यसमिती सदस्य अर्जुन हमाल लगायत व्यक्तिको उपस्थिति रहेको थियो ।