(JAPAN) 21 st March | 2019 | Thursday | 2:23:35 PM
(Nepal) 21 st March | 2019 | Thursday | 11:08:35 AM
 

एनआरएनए जापानको अव १४ क्षेत्रीय समिति हुने, चिबामा नयाँ क्षेत्र थपिने

  POSTED ON : Sunday, 24 February, 2019 | Views : 269

एनआरएनए जापानको अव १४ क्षेत्रीय समिति हुने, चिबामा नयाँ क्षेत्र थपिने


जापान ।

गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले आफ्नो क्षेत्रीय समिति बिस्तार गर्ने भएको छ ।

बढ्दो नेपाली संख्या र त्यस क्षेत्रका नेपालीहरुको अनुरोधलाई मध्यनजर गर्दै परिषदको नीति तथा कार्ययोजनामा क्षेत्रिय समिति बिस्तार एवं सुझाव पेश गर्न महासचिवलाई दिएको जिम्मेवारी अनुसार मिति २०१८ फ्रेवुअरी २४ तारिक सम्पन्न क्षेत्रिय भेलामा सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो ।

सोहि भेलाले ८ बुदे घोषणापत्र जारी सहित क्षेत्रिय समिति गठन गर्ने निर्णय समेत गरेको थियो ।

भेलाको निर्णयलाई कार्यन्वयन गर्न मिति २०१९ फेव्रओरी २३ तारिक अध्यक्ष टासि वाङदी लामाको अध्यक्षतामा बसेको परिषदको नियमित बैठकले यहि मार्च १० तारिक आईतवार चिवामा तदर्थ कमिटि गठन गर्ने गरि उपाध्यक्ष शिव प्रसाद पौडेललाई संयोजकको जिम्मेवारी दिएको महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनु भयो ।

तदर्थ सिमिति गठन गर्ने समयलाई ब्यवस्थापन गर्दै उपस्थितिको लागि सम्पुर्ण चिवावासी पंजिकृत तथा साधारण सदस्यहरुलाई हार्दिक आमन्त्रण गर्दै यो अभियान  लाई सहयोग गर्न अध्यक्ष टासि वाङदी लामाले अनुरोध गर्नु भएको छ ।